२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : एभर्टन लिभरपुलसँग २-० अन्तरले पराजित

इंग्लिस प्रिमियर लिग : एभर्टन लिभरपुलसँग २-० अन्तरले पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लब लिभरपुल विजयी भएको छ । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।

पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक-एक गोल गरे । ६२औं मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए ।

८५औं मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए । जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ। ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार