२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ समृद्ध रुरुक्षेत्र सुखी रुरुवासी बनाउँन निरन्तर पहल गर्नेछु : गाउँकार्यपालिका सदस्य दुर्गा घायल

समृद्ध रुरुक्षेत्र सुखी रुरुवासी बनाउँन निरन्तर पहल गर्नेछु : गाउँकार्यपालिका सदस्य दुर्गा घायल

पत्रकारितामा लामो समयदेखि कृयाशिल दुर्गा घायल बिश्वकर्मा गुल्मीको रुरुक्षेत्र गाउकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट जातिय बिभेद अन्त्यका लागि लामो समय देखी कलम चलाऊदै आउनुभएका घायलले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

रुरुक्षेत्र गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएर सपथ ग्रहण लगत्तै कार्यपालिका सदस्य दुर्गा घायल बिश्वकर्माले आफुले समृद्ध रुरुक्षेत्र सुखी रुरुवासि बनाउँन आफ्नो निरन्तर पहल रहने बताउनु भएको छ । ” मैले जुन समुदायको प्रतिनिधित्व गरि जुन समुदाय बाट यहाँ सम्म आए मैले मेरो धरातल बिर्सनु हुदैन” घायलले भन्नुभयो । उहाँले यो समुदायको उत्थानका निम्ति आफुले सके सम्म राजनैतिक सामाजिक आर्थिक भौतिक र नैतिक हरेक किसिमको पहल गर्नु आफ्नो कर्तव्य भएको बताउँनुभयो ।

‘हाम्रो समाजमा कलंक कै रुपमा जरा गाडेर बसेको जातीय छुवाछूत तथा विभेदजन्य गतिविधि को अन्त्य गर्न साझा प्रतिबद्धताको खाचो भएको जानकारी गराउदै उहाँले भन्नुभयो ”आधुनिक एवम् सभ्य समाज निर्माण को मुख्य बाधक रहेका यस्ता व्यवहार केवल औपचारिकताका लागि गरिने कुनै पनि प्रयासले नियन्त्रण हुदैनन् , त्यसका लागि मनोवैज्ञानिक रुपमै विकसित सचेतता अपरिहार्य छ ” ।

उदारता वा सहानुभूतिको सट्टा हामी सबैको दायित्वबोध हुन सके मात्रै मनैबाट विभेद हटाउन सकिन्छ भन्ने आफ्नो स्पष्ट दृस्टिकोण भएको बताउदै उहाँले जातीय विभेदविरुद्द “हामी सबैको पहल” कार्यक्रम अगाडि बढाउन पहल गर्ने बताउनुभयो । लोक तथा दोहोरी गायक समेत रहनुभएका उहाँले कार्यपालिका सदस्य भएपछी जातिय विभेद अन्त्यकालागि आफुलाई कार्यपालिकाबाट नियमानुसार प्राप्त हुने आर्थिक सुविधाको सुरुवाती केही हिस्सा छुवाछूत विरुद्धको सचेतना अभिवृद्धिका लागि परिचालन गर्ने घोषणा गर्नुभएको छ ।

सचेतना अभिवृद्धिका लागि रेडियो प्रभावकारी माध्यम भएकाले आफ्नो सेवा सुविधा बाट एक बर्ष रेडियोमा सचेतना अभिबृद्धिका सामाग्री प्रसारण गर्ने घोषणा गर्नु भएको छ । उहाँ नेकपा एमालेबाट लामो समय राजनीतिमा कृयाशिल रहदै आउनुभएको छ ।

 

Advertise..

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार