२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ पोखराको सेतीमा हामफालेर १८ वर्षीया किशोरी बेपत्ता, खोजी कार्य जारी

पोखराको सेतीमा हामफालेर १८ वर्षीया किशोरी बेपत्ता, खोजी कार्य जारी

पोखरा । पोखरामा आज एक किशोरीले सेती नदिमा हाम फालेर बेपत्ता भएकी छन् । बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारनथान नजिक रहेको पुलबाट एक जना किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकी बस्दै आएकी १८ वर्षीय कञ्चन अवस्थी सेती नदीमा पुलबाट हाम फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।

उनले सेतीमा हाम फाल्नुको कारण भने खुलेको छैन। पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउमा भेटिएको प्रहरीले जनाएको छ । किशोरीले सेतीमा हाम फालेपछि तत्काल उद्धारका लागि रेस्क्यु टोली खटिएर खोजी कार्य जारी गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार