२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदै

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।जेठ २६ गते निष्काशन गरेको आईपीओ बिहान ९ बजे बाँडफाँट गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ। यसमा केहि आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार