२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ श्रीमानले श्रीमतीको ह’त्या गरी आफै पुगे प्रहरी चौकी

श्रीमानले श्रीमतीको ह’त्या गरी आफै पुगे प्रहरी चौकी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ डाडाकटेरीमा श्रीमानले श्रीमतीको ह’त्या गरेका छन् । शुक्रबार दिउँसो साढे २ बजे मालारानी-२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको ह’त्या गरेको जिल्ला प्र’ह’री कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

दुई जना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मा’री नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको ह’त्या गरे’ भन्दै इलाका प्र’ह’री कार्यालय आ’त्मसमर्पण गरेका थिए । प्र’ह’री निरीक्षक पौडेलले भने घट’नास्थलमा प्रहरी पुगिसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार