२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा कतारको जेलमा

आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा कतारको जेलमा

दोहा । रोजगारीका लागि कतार पुगेका एक नेपाली युवा अनाहकमा जेल परेका छन् । सर्लाही कविलासी नगरपालिका वडा न। ४ हेमपुरका राम एकवाल यादवका छोरा धर्मेन्द्र यादव विगत २२ दिनदेखि कतारको जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले बताए ।

अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारी अनुसार धर्मेन्द्रको आइडीबाट एक अमेरिकन नागरिकले अमेरिकाबाट उनलाई जानकारी नदिई शंकास्पद वस्तु मगाएको थियो र त्यसैको छानबिनको लागि धर्मेन्द्र निर्दोष भएर पनि पक्राउ परेका हुन् ।निर्दोष धर्मेन्द्रलाई थुनामुक्त गराउन नेपालको कन्सुलर विभागमा आफैँले निवेदन दिएको रायले बताए । यस विषयमा दोहास्थित नेपाली दूतावासले पहल गर्ने र कानुनी सहायता चाहिएको अवस्थामा वैदेशिक रोजगार बोर्डलाई कन्सुलर विभागमार्फत वा सोझै जानकारी गराउने उनले बताए।

यस्तो केसमा कतारमा मुद्दा लड्न १५ लाख नेपाली रुपैयाँसम्म कानुनी सहायता बोर्डले उपलब्ध गराउने प्रावधान छ । यो पहिलो घटना होइन, यस अगाडी पनि नेपाली कामदारको आइडी दुरुपयोग गरेर बंगालीले भारतबाट लागूऔषध मगाएको थियो ।उनीहरु दुवैलाई उद्दारका लागि कानुनी पहल भइरहेको उनले बताए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफ्नो पासपोर्ट, आइडी, अकामा, सोसल सेक्युरिटी नम्बर लगायत आफ्नो कागजत कसैलाई पनि नदिन सामाजिक अभियन्ता रायले सुझाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार