२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेपालमा आज थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ४ सय ५८ पिसिआर परीक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार