२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए । नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बताइएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले यसअघि भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने र त्यसका लागि भदौ १४ गते बोर्डको बस्ने पूर्व योजना बनाएको थियो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशन पछि सजिलैसँग नतिजा प्राप्त गर्नको लागि Landline/Mobile फोनबाट १६०१ डायल गरि प्राप्त निर्देशन अनुसार सिम्बल नम्बर हान्नुहोस वा SMS बाट NEB टाइप गरि स्पेस सिम्बल नम्बर १६०१ मा पठाएर मोबाइलमा नतिजा प्राप्त गर्न सकिनेछ सँगै neb.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार