मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृ’त्यु भएको छ ।
मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृ’त्यु भएको जिल्ला प्र’ह’री कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घ’ट’ना भएको जनाइएको छ ।