२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा आज थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार