२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ दुर्घटना गरी फरार रहेको गाडीसहित चालक भैरहवा गल्लामण्डीबाट पक्राउ

दुर्घटना गरी फरार रहेको गाडीसहित चालक भैरहवा गल्लामण्डीबाट पक्राउ

रुपन्देही । सोमबार रुपन्देहीको ओमसतिया-४ पननीमा छठ घाट रोहिणी खोला जाँदै गरेका स्थानीयलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले ठक्कर दिँदा तीनजनाको मृत्यु र दुईजना घाइते भएका थिए । ठक्करपछि फरार रहेको चालक र गाडीलाई रुपन्देही प्रहरीले भैरहवाको गल्लामण्डीबाट पक्राउ गरेको छ ।

बिहान ४ बजेर ५५ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिँदा गाडीको केही भाग र संकेत घटनास्थलमै छाडेकाले अनुसन्धान गर्न सहयोग पुगेको बताउदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले अनुसन्धानबाट रुपन्देहीको रोहिणी गाउँपालिका-३ घर हुने अजयकुमार चौधरीले चलाएको बा८च ६५३२ नम्वरको टाटा इन्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि गरेको बताउनुभयो ।

दुर्घटनामा परेको गाडी सिद्धार्थनगर-४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमबार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिएको एसपी रेग्मीले जानकारी दिनुभयो । दुर्घटनामा परी ओमसतिया-४ पननीकै ३५ दिनको एक शिशु सहित ३ जनाको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार