गृहपृष्ठ आजको देशभरको मौसमी अवस्था यस्तो रहने
आजको देशभरको मौसमी अवस्था यस्तो रहने
काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ।
महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।





