२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ?

हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ?

काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार