२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै

कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै

काठमाडौं । कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन्। शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ।

अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। आज हुने पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा सुरु हुँदैछ।

ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने क्रोएसियाले जापानलाई पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो। क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार