२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतबाट तेलको मूल्य घटेर आएपछि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मट्टीतेलको मूल्य  १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार