२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ नेप्से परिसूचक आज ७६.६४ अंकले उकालो

नेप्से परिसूचक आज ७६.६४ अंकले उकालो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।

मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । त्यस्तै, कारोबारमा आएका १३ वटा उपसूचकहरुमा उकालो लागेर हरियाली छाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार