२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर छ। यसअघि सोमबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार