गृहपृष्ठ शेयर कारोबार मापक नेप्से परिसूचक आज १०.१० अंकले ओरालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज १०.१० अंकले ओरालो
काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १०.१० अंकले ओरालो लागेको सेयर बजार १८३७.७१ विन्दुमा आएर बन्द भएको छ ।
आज २९२ कम्पनीका ३८ हजार ५८४ पटक भएको कारोबारमा ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँको कारोबार भएको छ । आज ६२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १६१ कम्पनीको ओरालो लागेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।






