२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ नेपाली युवाहरुको विदेश मोह,आखिर कहिलेसम्म ?

नेपाली युवाहरुको विदेश मोह,आखिर कहिलेसम्म ?

भनिन्छ,युवा नै देशको परिवर्तनको सँवाहक हुन् । युवा नै देशप्रतिको राजनैतिक अस्थिरता, अन्यायको विकराल समस्या तथा स्वदेशी वेरोजगारी र आर्थिक असमानतालाई सहजै स्विकार गर्ने पक्षमा देखिदैनन् । यसर्थ उनिहरु बाध्य भएर विभिन्न देशको भिसामा आत्मनिर्भर बनिसकेका छन् । परिवारहरु आर्थिक रुपमा बलिया हुँदै गएका छन् भने राष्ट्रले ठुलो रेमिट्यान्स भित्र्याउन सफल भईरहेको छ ।

यो दृष्टिकोणबाट नियाल्दा लाग्छ कतै नेपाल मानव उत्पादन गर्ने फ्याक्ट्रि त होईन भन्ने । विश्व जगत २१ औँ शताब्दीमा चलिरहेको छ भने नेपाल अझै १५औँ शताब्दीकै अवस्थामा रहेको जस्तो महशुस भईरहेको छ । राणाशासनको अन्त्य, राजतन्त्रको विलय हुँदै गणतान्त्रीक प्रजातान्त्रको अभ्यास केवल स्वार्थ लिप्त ,व्यक्तिवादी सोँच तथा भ्रष्टाचार, अत्याचार, अन्याय, बलात्कार जस्ता कुसंस्कार र कलङ्कले आजको यो अवस्था देख्न सायद शुद्ध नेपाली मनहरुको चाहना पक्कै पनि थिएन होला । नेपाली राजनीतिक कर्मीहरुको त व्यवसायीक अखडा नै बनिसकेको छ नेपाल ।

यो एउटा गरिखाने भाँडो त्यसमा पनि अशुद्धिकरणको सञ्जाल जबसम्म व्याप्त रहन्छ यो वैदेशिक पलायन र युवाहरुको वितृष्णा कायमै रहनेछ । जबसम्म देशले स्वतन्त्र नागरिक तथा कल्याणकारी व्यक्तिहरुको जन्म गराउन सक्दैन तवसम्म यो प्रक्रिया यसरी नै अगाडि बढ्नेछ । झन् झन् परनिर्भर हुँदै जानु राष्ट्रको गौरव मानिनेछ । यो निश्चित हो यसलाई भ्रम बनाईएको छ । जसरि कुखुरालाई चारो हालेर एकैछिन भोक मेटाउने प्रयास गरिन्छ त्यसरि नै नेपाल र नेपालीको भोक पनि मेटिईरहनेछ । यो धेरै शताब्दी सम्म पनि कायमै रहनेछ र यसलाई नेपालको सत्यवादी सँस्कारको रुपमा मनाउँदै लगिनेछ ।

रुरुक्षेत्र-३, थानपति गुल्मी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार