गृहपृष्ठ उद्धेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, अहिले आत्तिएर सडकमा हिँडेका छन : प्रधानमन्त्री ओली
उद्धेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, अहिले आत्तिएर सडकमा हिँडेका छन : प्रधानमन्त्री ओली
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले देश बनाउने उद्धेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन् । उनले पुुष्पकमल दाहाल र माधव कुमार नेपाललाई उद्धेश्य नबोकेको, प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए ।
नेकपा ओली समूहले आज बुुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने –‘ उद्धेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन ।’ उनले संसद विघटन भनेको प्रतिगमन हो रे ? , चुनावमा जानुप्रतिगमन रेँ उनले भने । उनले चुनावबाट नै मूलूकले निकास पाउने बताउँदै साँढगाठमा देशलाई अस्थिरतामा लैजान खोजिएको बताए ।

‘एकैचोटी प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, तपाईलाई प्रधानमन्त्री किन भन्दा प्रधानमन्त्री हुन मन लाग्यो’ ओलीले थपे–‘अर्कोले अध्यक्ष चाहियो ? किन भन्दा अध्यक्ष हुन मन लाग्यो रे महाधिवेशनबाट अध्यक्ष हुनस भन्दा पनि हात्ता हात्ति चाहियो भनेपछि समस्या आयो ।’ प्रधानमन्त्री ओलीले संसदबाट नक्सा पारित गरेपछि समस्या भएको बताए ।
तीन वर्षदेखि सवैधानिक आयोगहरु बन्न सकेनन्,उहाँहरु हटेपछि आयोग बन्यो :
‘काम गर्न नदिने, तीन वर्षदेखि सवैधानिक आयोगहरु बन्न सकेनन्, उहाँहरु हटेपछि आयोग बन्यो’ उनले भने । उनले दाहाल र नेपालले पार्टी छोडेपछि गतिशिल भएको बताए । ‘पहिला पार्टीभित्रै बसेर गाली गर्ने, मुख छाड्ने काम गरेका थिए, टेलिभिजन, रेडियोमा गएर मनपरी बोल्थेँ, आज वाहिर बोलेका छन् त्यति फरक हो’ उनले भने । उनले दाहाल र नेपाल वाहिरिएपछि महान शुद्धिकरण भएको समेत बताए ।
‘विचार बोकेको पार्टी बनेको छ, निराश हुनुुपर्दैन, पार्टीमा बसेर बदनाम गर्नेहरु गएका छन्’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री एंव अध्यक्ष ओलीले दाहाल नेपालको काठमाडौंमा भएको सभामा प्रचण्डले सभा हेर्न भनेको तर्फ इंगित गर्दै उनले बुटवलको सभा हेर्न चुनौती दिए । उनले भने सभा भनेको कस्तो हुन्छ, लुम्बिनी प्रदेशको सभा हेर्नुहोस्’ उनले भने । उनले नागरिकहरुको जनसमर्थन आफूलाई भएको समेत बताए । @नागरिक अनलाइन





