२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ यी ३ कम्पनीको शेयर नेप्सेमा सूचिकृत भयो , हेर्नुहोस कुनको कित्ता कतिहोला?

यी ३ कम्पनीको शेयर नेप्सेमा सूचिकृत भयो , हेर्नुहोस कुनको कित्ता कतिहोला?

यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा विभिन्न तिनवटा कम्पनीले शेयर सूचिकृत गराएको छ ।

उक्त सूचिकृत भएका कम्पनि मध्ये दुईवटा कम्पनीकाे बाेनस शेयर र एउटा कम्पनीकाे साधारण शेयर सूचिकृत भएकाे छ । त्यस्तै यस साता नेप्सेमा सूचिकृत भएकाे शेयर विवरण यस प्रकार रहेको छ हेर्नुहोस:-

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे २० करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बैंककाे आइपिओलाई शेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ ।

यसैगरी आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यस्तै मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार