गृहपृष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाले लगाए गुरु टिकाराम घिमिरेको हातबाट दशैँको टीका
प्रधानमन्त्री शेरबहादुर देउवाले लगाए गुरु टिकाराम घिमिरेको हातबाट दशैँको टीका
२९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट शुक्रबार टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा.आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार कोभिड-१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए ।






