२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आज बिजयादशमी, टिका लगाई हर्ष उल्लासका साथ मनाइदै

आज बिजयादशमी, टिका लगाई हर्ष उल्लासका साथ मनाइदै

काठमाडौं /२९ असोज–आज हिन्दुहरुको महानचाड बडादशैं । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंको सबैभन्दा महत्वपूर्ण दिन ।

आजको दिनलाई सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिन मानिन्छ । त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी ं दीर्घायु प्राप्त होस भनी आशीर्वाद लिइन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

त्यसैगरी देवी विसर्जनको साइत बिहान ८ः१९ देखि रहेको छ भने टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने भनिएको छ ।

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्दा उत्तम हुने छ ।

विजयादशमीमा टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द फरक छ ।

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायूको जस्तो गति होस, दूर्योधनको जस्तो मान होस ।

सूर्य पुत्र झै दानी होस, भीमको जस्तो वल होस, युधिष्ठिर जस्तो सत्यवान होस, विदूरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति होस ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन । यो जगतको रक्षा गर्ने हे देवी यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार