२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ विद्यालय कर्मचारीको तलब बढयो कति पुग्यो ! (हेर्नुहोस्)

विद्यालय कर्मचारीको तलब बढयो कति पुग्यो ! (हेर्नुहोस्)

काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाएको छ ।

संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा थप गरेर गाउँपालिकाले इसीडी शिक्षकको मासिक तलब १६ हजार पुर्याएको छ ।

गाउँपालिकाकाअनुसार कर्मचारीको १५ हजार र लेखा सहायक १८००० को पुर्याइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई १५ हजार तलब दिएको छ ।
आमचोक गाउँपालिका भोजपुरले भने ८ हजार रूपैयाँ मात्रै दिएको छ ।

महोत्तरीको गौशाला नगरपालिकाले इसीडी शिक्षकलाई १५ हजार तलब दिएको छ । पालिकाअनुसार विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलब फरक-फरक रहेको छ ।

कतिपय पालिकाले संघीय सरकारले निर्धारण गरेको तलब मात्रै दिएका छन् । तलब थपको माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार