२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ यो वर्षको बडादशैँ टिकाको शुभसाईत ११:५१ बजे

यो वर्षको बडादशैँ टिकाको शुभसाईत ११:५१ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैको शुभसाईत सार्वजनिक गरेको छ । समितिले आज एक सूचना जारी गर्दै बडादशैको शुभसाईत सार्वजनिक गरेको हो । यो वर्षको वडादशैँ असोज १९ गते परेको छ । दशैको टिका बिहान पूर्व मोहडा फर्किएर ११:५१ मा लगाउन उत्तम हुने समितिले जनाएको छ । असोज १९ बिहानको १०:३४ मा देवी विसर्जन गरी बिहान ११:५१ मा पूर्व मोहडा फर्किएर बडादशैको टिका लगाउन उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुृङ्गेलले जानकारी दिनुभयो । दशैको शुभसाईत ११:५१ भएपनि दशैको दिनभरी टिका थाप्न र लगाईदिन सकिने समितिले जनाएको छ ।

असोज १० गते सोमबार घटस्थापनाको शुभसाईत बिहान १०:२३ बजे रहेको समितिले जनाएको छ । ११ गते मंगलबार झण्डा फेर्ने दिनको शुभसाईत ११:११ बजे, १४ गते पचलीभैरव यात्रा हुनेछ । असोज १६ गते फूलपाती, श्रीतुलजाभवानी यात्राको साईत बिहान ११:३५ बजे पूर्व मोहडा रहेको समितिले जनाएको छ । १७ गते कालरात्री परको छ यो दिन माता कालीको शास्त्रीय विधीद्धारा पुजाअराधना गर्ने गरीन्छ । १८ गते मंगलबार महानवमी परेको छ ।

१९ गते बडादशैका दिन देवी विसर्जनको शुभसाईत बिहान १० बजेर ३४ मिनेट र टिकाको सार्यत बिहान ११:५१ पूर्व मोहडा रहेको समितिले जनाएको छ , त्यस्तैगरी श्री तुलजाभवानी यात्रामको साईत ८ बजेर ४७ मिनेट र स्थिरास्थान बिहान ८:४७ मा खड्ग यात्राको शुभसाईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तैगरी असोज २२ गते शनिबार अखिल वली पूर्ति र २३ गते कोजाग्र ब्रत रहेको समितिले जनाएको छ ।

दशैँमा आफ्ना मान्यजनबाट टिका थाल्ने परम्परा रहीआएको छ । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशै अछेता, जमरा र आशिर्वाद थापेर मनाउँने गरीन्छ । पछिल्ला वर्षमा कोरोना महामारीका कारण उल्लास कम भएपनि यो वर्ष दशैँ हर्षाेल्लासका साथ मनाउन सकिने अवस्था छ । दशैमा पिङ् खेल्ने, मिठोमसिनो खाने, देवीको पुजा गर्ने र आफन्तबीच भेटघाट गर्ने गरीन्छ । दशैमा माता दुर्गाका रुप र अवतारहरुको विशेष रुपमा पुजाअर्चना गर्ने र मिठामिठा परीकार पकाई प्रसादको रुपमा चढाउँने गरीन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार