२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ रुपन्देही प्रहरीद्वारा कर्तव्य ज्यान मुद्धाका २ जना प्रतिवादी पक्राउ

रुपन्देही प्रहरीद्वारा कर्तव्य ज्यान मुद्धाका २ जना प्रतिवादी पक्राउ

रुपन्देही । कर्तव्य ज्यान मुद्धाका २ जना प्रतिवादी रुपन्देही प्रहरीद्वारा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा २ जना प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका १५ का ५२ वर्षीय फुल चन्द्र वनिया र सोही स्थानका ३९ वर्षीय ग्रिजा देवी थारु रहेका छन् । प्रतिवादी २ जनालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

वनिया र थारुले गत सोमबार राति तिलोत्तमा नगरपालिका वडा नं. १५ सखुवानी का ४२ वर्षीय कोजगदिश चौधरी टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । गहिरो चोटसहित मृत अवस्थामा कोजगदिशलाई फेला पारेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार