गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परीक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





