२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ श्री आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न

श्री आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न

शितगंगा नगरपालिका वार्ड नम्बर ३ मा रहेको श्री आधारशिला साना किसान कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्षको अध्यक्षता तथा नगरप्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

शितगंगा नगरपालिकाका ३,४ र १२ वडाका महिलाहरुको सकृयतामा २०७५ साल जेष्ठ ३० गते विधिवत रुपमा स्थापना भएको सहकारीको हालसम्म १०४८ सदस्य र कुल पुजी एक करोड,छत्तिस लाख,पचास हजार ,दुई सय बयासी रुपैया रहेको छ । सहकारीले आफ्ना सदश्यहरलाई आवश्यक बीउ,बिजन वितरण गर्नुका साथै सदस्यका घरमा उत्पादन भएका उत्पादकहरु उचित मुल्यमा खरिदबिक्री गर्ने जस्ता महत्त्वपूर्ण काम गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार