गृहपृष्ठ ग्रीन लाइफको IPO भोलि प्रि-अलोटमेन्ट हुदै , तपाइलाइ कति कित्ता पर्ला ?
ग्रीन लाइफको IPO भोलि प्रि-अलोटमेन्ट हुदै , तपाइलाइ कति कित्ता पर्ला ?
ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।कम्पनीले भोलि मङ्गलबार प्रि अलोटमेन्ट गर्ने तयारी गरेको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैरहेको छ ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार चार सय गरी कुल ३४ लाख ९६ हजार चार कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।





