२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ यो हाइड्राेको IPO मा आवेदन दिने आज अन्तिम दिन , के तपाइले आवेदन दिनुभयो त ?

यो हाइड्राेको IPO मा आवेदन दिने आज अन्तिम दिन , के तपाइले आवेदन दिनुभयो त ?

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु र क्षेत्रमा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरूको लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार