२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ युनियन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट आज , यहाँबाट हेर्नुहोस नतिजा

युनियन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट आज , यहाँबाट हेर्नुहोस नतिजा

युनियन लाइफ इन्सुरेन्सको आइपीओ आज बिहीबार (असार ३१ गते) नै बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ५ बजेपछि आइपीओ बाँडफाँट हुनेछ । धितोपत्र बोर्डले आजै अनुमति दिएकाले बाँडफँट गर्न लागिएको बिक्री प्रबन्धकले जनाएको छ । यसअघि भने बोर्डबाट अनुमति प्राप्त नभएको भन्दै शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको जनाएको थियो ।

प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट गर्ने कार्य पनि बिहीबार नै सम्पन्न गरिएको हो । युनियनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

२१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कसरि हेर्ने नतिजा 

बाँडफाँट सम्पन्न  भएपनि नतिजा आउँ भने केहि समय लाग्ने छ।  आइपीओको नतिजा कम्पनीको वेबसाइटबिक्रि प्रबन्धकको वेबसाइटसिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

तपाइले सजिलै नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ; 

नेपाली पैसा बाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार