२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ केहि दिनमा खुल्दै ६३ करोडको आईपीओ, पर्ने जतिको भाग्य चम्किने ?

केहि दिनमा खुल्दै ६३ करोडको आईपीओ, पर्ने जतिको भाग्य चम्किने ?

सानिमा लाइफ इन्स्योरेन्सले साउन बीस गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । त्यस्तै मानुषी लघुवित्तले २७ साउनदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्न लागेको छ ।

सानीमाले ३ लाख ( ५ प्रतिशत सेयर) कर्मचारी र ३ लाख (५ प्रतिशत) सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त समयमा आइपिओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपिओ निष्कासन खुला हुनेछ । सानिमा लाइफको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

यता मानुषी लघुवित्तले ०.५ प्रतिशत ( ५ हजार ४ सय ६९ कित्ता) कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता ) म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै आइपिओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । मानुषीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

कति दिने आवेदन ?

पछिल्लो समय आईपीओ भर्नेहरुको संख्या अत्याधिक भएको कारण आईपीओ पर्ने सम्भावना निकै कम हुन्छ । त्यसकारण १० कित्ता भन्दा धेरै नभर्नु नै उपयुक्त हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार