२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ मनकामना इन्जिनियरिङ्गले आईपिओ निष्काशन गर्ने

मनकामना इन्जिनियरिङ्गले आईपिओ निष्काशन गर्ने

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड रूपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बैंक अफ काठमाडौँ (बिओके) क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झाैतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन  शर्माले हस्ताक्षर गरेका छन् ।

मनकामना इन्जिनियरिङ्गले दोलखास्थित ५ मेगावाट विद्युत क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार