गृहपृष्ठ लगानीकर्ताका लागि खुसीको खबर सबैलाई ५० किता पर्ने गरि एलआईसी बिमा कम्पनीको १० खर्ब बराबरको आईपिओ आउदै
लगानीकर्ताका लागि खुसीको खबर सबैलाई ५० किता पर्ने गरि एलआईसी बिमा कम्पनीको १० खर्ब बराबरको आईपिओ आउदै
काठमाडौं । भारतीय जीवन बीमा निगमले (एलआईसी) इण्डियाले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको क्याविनेटले गत १९ अगष्टमा मन्त्रिपरिषदले भारततीय इतिहासको सबैभन्दा ठूलो आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार कूल सम्पत्तिको पाँच प्रतिशतले हुन आउने एक लाख करोड भारतीय रुपैयाँको आईपिओ जारी हुने चर्चा गरिएको छ । एलआईसी इण्डियाको आईपिओको कूल मूल्य २६१ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।
हालैमात्र भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई आईपीओ जारी गर्न केन्द्रीय मन्त्रिपरिषद्ले अनुमति दिएको टाईम्स अफ इण्डियाले जनाएको छ । उक्त बैठकले कम्पनीको एक लाख करोड कित्ता आईपीओ ल्याउने भएपनि एकिन संख्या भने हुन बाँकी छ ।आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाए पनि अब केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले कम्पनीको आईपीओको आकार र मूल्यको बारेमा थप निर्णय लिने समाचार भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । साथै उक्त कमिटीले आईपीओ जारी गर्ने मिति पनि तय गर्ने छ । भारत सरकारको उक्त कम्पनीमा शतप्रतिशत लगानी रहेको छ ।
यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने पनि बताइएको छ । समाचार एजेन्सी पीटीआईले एकअधिकारीलाई उध्रित गर्दै बताएअनुसार कम्पनीको आईपीओको प्रत्याभुतिकर्तामा गोल्डम्यान श्याख्स, जेपी मोर्गन, आईसीआई सिक्योरिटीज, कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल, सिटी ग्रुप, नोमुरा होल्डिंग्ससमेत १० ओटा बैंकर्सलाई छनौट गरिएको छ ।
तर कतिपयले उक्त कम्पनीको आईपीओ सन् २०२२ को अन्त्यसम्ममा आउन सक्ने बताएका छन् । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि पनि सुरक्षित राखिने बताइएको छ । कम्पनीले दुई पटक गरेर आईपीओ जारी गर्ने योजना बनाइरहेको छ । सो कम्पनीमा २८९ मिलियन बीमितले पोलिसी खरिद गरेका छन् । कम्पनीले जारी गर्न लागेको उक्त आईपीओबाट खासगरी पोलिसी होल्डर्सले निक्कै लाभ उठाउन सक्ने बताइएको छ ।
सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानूनहरु पनि संशोधन गरिसकेको छ । भारतीय जीवन बीमा व्यवसायको ६६ प्रतिशत बजार हिस्सा ओगटेको एलआईसी इण्डियाको आईपिओ जारी हुँदा भारतीय बैंहरुमा ठूलो मात्रामा आर्थिक गतिविधि हुने भएकोले आवश्यक तयारी गर्न सुझाव दिइएको छ ।
एलआईसी इण्डियाको नेपाल सहितका थुप्रै देशमा लगानी रहेको छ । नेपालमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नामबाट बीमा सम्बन्धी कारोबार गरिरहेको छ । भारतीय जीवन बीमा निगम (एलआईसी) को लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
उक्त आईपिओ विदेशी लगानीका कम्पनीहरुलाई अधिकतम् २० प्रतिशत मात्रै पाउने गरी क्याप लगाउने तयारी भइरहेको समेत समाचारमा जनाइएको छ । यद्यपि एलआईसी इण्डियाको आईपिओ सम्बन्धी अझै थुप्रै निर्णयहरु गर्न बाँकी रहेको र भर्खरै मात्रै प्रक्रिया अघि बढेकोले आईपिओ जारी हुँदासम्म धेरै प्रक्रिया पार गर्नुपर्नेछ ।





