गृहपृष्ठ नेपाल क्रेडिट एण्ड कमर्श बैंकले गर्यो यति प्रतिशत लाभांश घोषणा
नेपाल क्रेडिट एण्ड कमर्श बैंकले गर्यो यति प्रतिशत लाभांश घोषणा
काठमाडौं, १५ मंसिर। नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको १४ मंसिरमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनी पाउनेछन् । बैंकको हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ छ । सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ।






