गृहपृष्ठ नेपाल आयल निगमले घटायो इन्धनको मूल्य
नेपाल आयल निगमले घटायो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतबाट तेलको मूल्य घटेर आएपछि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मट्टीतेलको मूल्य १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ ।






