गृहपृष्ठ नेपाली बजारमा वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार घट्यो सुनको मूल्य
नेपाली बजारमा वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन शुक्रबार छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको १७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।






