२०८३ जेठ ३० गते शनिवार | June 13, 2026

गृहपृष्ठ शेयर काराेबार मापक नेप्से परिसूचकमा आज झिनो अंकको गिरावट

शेयर काराेबार मापक नेप्से परिसूचकमा आज झिनो अंकको गिरावट

काठमाडौं । आज नेप्से २.३५ अंकले घटेर २०२३.३५ विन्दु कायम भएको छ । आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक किनबेच भएको छ ।

आज ३२० कम्पनीको शेयर किनबेच हुँदा १२७ कम्पनीको शेयर बढेको छ भने १०८ वटा कम्पनीको शेयर घटेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ । सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स झिनो अंकले बढेको छ । फोल्ट इन्डेक्स ०.१९ अंकले र सेन्सेटिभ फेल्ट इन्डेक्स ०.०७ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने ९ वटा उपसमूहको शेयर घटेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार