२०८१ माघ ६ गते आइतवार | January 19, 2025

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः उक्लियो शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः उक्लियो शीर्षस्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल शीर्षस्थानमा फर्किएको हो । आर्सनलका लागि लेआन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए ।

आर्सनलका लागि खेलको ४५औँ मिनेटमा लेआन्द्रोले सुरुवाती गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ओडेगार्डले गोल गरेसँगै आर्सनल २–० गोलले विजयी भयो । जारी लिगमा ३३ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित दोस्रो स्थानमा छ । पराजित भएको उल्भ्स ४३ अंकका साथ ११औँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार