गृहपृष्ठ त्रि वि को परिक्षामा ढिलाई समयमा नतिजा नआउदा विद्यार्थी समस्यमा!
त्रि वि को परिक्षामा ढिलाई समयमा नतिजा नआउदा विद्यार्थी समस्यमा!
काठमाण्डौ।
त्रिभुवन विश्वविद्यालयको समयमा परिक्षाको नतिजा नआउदा विद्यार्थी समस्यामा परेका छन्।परीक्षा सकिएको १० महिना वितिसक्दा पनि धेरै विद्यार्थी भएका अँग्रेजी, समाजशास्त्र र राजनीतिकशास्त्रको दोस्रो वर्षको नतिजा प्रकाशन हुन सकेको छैन ।
व्यवस्थापन संकायका नतिजाहरु पनि आएका छैनन्।
नतिजाको ढिलाइका कारण विद्यार्थीको भविष्यमाथि खेलावाड भइरहेको प्राध्यापकको बुझाइ छ । नतिजा प्रकाशनजस्तो संवेदनशील ठाउँमा कामगर्ने जनशक्तिको व्यवस्था गरी त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा नियमित गर्न आवश्यक छ।
कोरोनाले थलिएको शैक्षिक संस्था भर्खर भर्खर सुरुवात हुदै परिक्षा सन्चालनमा आएको थियो।





