२०८३ असोज ११ गते आइतवार | September 27, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशित गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘उपयुक्त विषयमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानले मिति २०७८ चैत्र २४ गते सञ्चालन गरेको बीएस्सी प्रवेश परीक्षा २०७८ को नतिजा योग्यताक्रमका आधारमा प्रकाशित गरिएको व्यहोरा मिति २०७९ बैशाख ४ गतेको निर्णयानुसार जानकारी गराउँदछु ।’ क्याम्पसले भर्ना तथा कक्षा सञ्चालन गर्दा केही कुराको ख्याल गर्नुपर्नेछ ।

विद्यार्थी भर्ना गर्दा क्याम्पस÷कलेजहरुले अनिवार्य रुपमा ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र माइग्रेसनको सक्कल प्रति राखेर मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्नुपर्नेछ । भर्ना कार्यक्रम बैशाख ५ गतेदेखि सुरु भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार