२०८३ असोज ११ गते आइतवार | September 27, 2026

गृहपृष्ठ मेरो भोट मेरो भबिष्य

मेरो भोट मेरो भबिष्य

प्रज्वल भण्डारी । देशको नागरिक भनेको देश वा विदेशमा आफ्नो सुरक्षाको बदलामा राष्ट्रको कानूनी सदस्यको रूपमा कानून अन्तर्गत मान्यता प्राप्त व्यक्ति हो। एक नागरिक देशको प्रमुख स्तम्भहरू मध्ये एक हो। आफ्नो समुदायलाई सभ्य स्थान बनाउनु नागरिकको मुख्य दायित्व हो। नागरिकको एउटा प्रमुख दायित्व भनेको उसको मताधिकार पनि हो र मतदान गर्नु जिम्मेवार नागरिकको कर्तव्य हो।

एकजना प्रसिद्ध लेखकले भनेका छन् “भोट भनेको हामी आफैं, एक अर्का, देश र भावी पुस्ताप्रतिको हाम्रो प्रतिबद्धताको अभिव्यक्ति हो। लोकतन्त्र बचाउन सभ्य समाज निर्माण गर्न मतदान आब्सएक छ| मतदान गर्न अस्वीकार गरनु आत्मसमर्पण हुनेछ। हाम्रो देशका धेरै युवा प्रवासमा छन् । विडम्बना आजसम्म सरकारले उनीहरुलाई मतदानको अधिकार दिन सकेको छैन। उनीहरुको मताधिकारलाई सरकारले छिट्टै सम्बोधन गर्नेछ भन्ने आशा गरौँ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मतदाता र नागरिक सही उम्मेदवार छनोट गर्न सचेत हुनुपर्दछ । प्रत्येक मतदाताले उम्मेदवारमा के खोज्दै हुनुहुन्छ भन्ने निर्णय गर्नुपर्दछ । समाजमा रहेका समस्याहरू जुन तपाईं सरकारमा रहेका प्रतिनिधिहरूले सम्बोधन गरदिउन भन्ने चाहनुहुन्छ । मतदाताले प्रत्येक उम्मेदवारको इमान्दारिता, बुद्धिमत्ता, योग्यता, दूरदृष्टि बुज्नुपर्दछ। उम्मेद्वारहरू र मुद्दाहरूमा उनीहरूको अडानका कुराहरु मूल्याङ्कन गर्नुपर्दछ।

मतदाताले आफ्नो राजनीतिक एजेन्डामा मात्र निर्भर नभई सही उम्मेदवार छान्नुपर्दछ। हामीले पाँच वर्षदेखि हेर्दै आएका छौं कि कसरी खराब नेता आम नागरिकका लागि टाउको दुखाइ बन्न सक्छन र कसरी राम्रो नेता सिङ्गो राष्ट्रको लागि बर्दान हुनसक्दछन। त्यसैले तपाईंको भोटिङ महत्त्वपूर्ण छ…

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार