गृहपृष्ठ कक्षा १२ को परीक्षा तयारीमा करिश्मा
कक्षा १२ को परीक्षा तयारीमा करिश्मा
नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा सबै काम छोडेर पठनपाठनमा लागेकी छन् । केही अगाडि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएपछि उनी सबै काम छोडेर परीक्षाको तयारीमा जुटेकी हुन् ।
करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेर्नेछन् । ‘रोकिएको कक्षा १२ को परीक्षा फेरि सुरु हुँदैछ’ करिश्माले भनिन्– ‘यो पटक एकदिन पनि स्कुल गएको छैन । अनलाइनको भर हो । त्यसैले राम्रोसँग पढ्न भ्याएको छैन ।’ अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले सुनाइन् ।
‘२१ देखि २७ गतेसम्म घोटिएर पढ्छु । २८ र २९ गते मुन्द्रे कमेडी क्लबको पनि सुटिङ गर्नुपर्नेछ’ करिश्माले थपिन्–‘परीक्षापछि मात्र अन्यमा समय दिन्छु ।’ अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको बताएकी करिश्माले असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी नहुने मनस्थिति बनाएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको छ





