२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ डा.बिष्णुमर्ति भट्टराई शब्द रचना रहेको ‘सलाई’ गीत सार्वजनिक (भिडियो सहित)

डा.बिष्णुमर्ति भट्टराई शब्द रचना रहेको ‘सलाई’ गीत सार्वजनिक (भिडियो सहित)

बुटवल । पेशाले शल्यचिकित्सक डा. बिष्णु मुर्ती भट्टराईको शब्द अभिनय रहेको आधुनिक गीत “सलाई” बजारमा आएको छ। गीतमा चर्चित अनि व्यस्त गायक अनि संगीतकार श्रीधर अधिकारीको सुमधुर संगीत रहेको छ भने गीत गायक कृष्ण मुर्ती भट्टराईको आवाज रहेको छ । पछिल्लो समय सबैको रोजाईकि मोडल रोशनी कार्की र गीतका गितकार डा.बिष्णु मुर्ति भट्टराई र श्रिधर अधिकारीको अभिनय यस म्युजिक भिडियोमा देख्न सकिन्छ । गीतमा बिशाल घिमिरेको निर्देशन रहेको छ भने गीतको छायांकन करन चैसिरले गरेका छन् भने , भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन।

काठमाडौंको गोकर्ण र गौशाला एरियामा छायांकन गरिएको  म्युजिक भिडियोमा जीवन सङिगिनिको बियोग र पैसाको लागि गरिने सम्बन्धको बारेमा देखाइएको छ। पेशाले शल्चियकित्सक डा.भट्टराईको बिशेष रुचि गीत लेखनमा रहेपनि पछील्लो दिनहरुमा आफ्नो रचनामा रहेका केहि गीतहरुमा अभिनय पनि गरिसकेका छ्न। केहि समय अघि मात्र उनकै रचनामा मेरो तस्बिर गीत फिमेल भर्सनमा चर्चित गायिका रचना रिमाल र जेन्स भर्सनमा कृष्णमुर्ति भट्टराईको आवाजमा बजारमा आएको थियो जुन गीतले दर्शकको स्रोताको मन जित्न सफल भएको थियो । मेरो तस्बिर गीत टीकटकमा निकै नै रुचाइएको थियो । “सलाई” गीतको फिमेल भर्सनमा चर्चित गायिका रचना रिमालको स्वरमा रेकर्ड भैसकेको गीतलाई केही समय पछी रिलिज गर्ने तयारी रहेको डा. भट्टराईले बताएका छन।

(सलाई ) गीतकारको डा. भट्टराईको आफ्नै युट्युब च्यान्नल  Dr. Bishnu Murti Bhattarai बाट बजारमा सार्बजनिक भएको छ। गीत निकै नै मार्मिक र सुमधुर बनेकाले सलाई गीत टिमले गीतले सफलता पाउने प्रति निकै आशावादी रहेको बताए।

हेर्नुहोस् पुरा गीत :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार