गृहपृष्ठ इन्दिरा गैरे “इन्दु” र पूर्णराज बेल्बासेको “मन चरी” गीतले दर्शक श्रोताको मन जित्दै
इन्दिरा गैरे “इन्दु” र पूर्णराज बेल्बासेको “मन चरी” गीतले दर्शक श्रोताको मन जित्दै
इज्जत कंडेल, बुटवल । पछिल्लो समय बजारमा सार्बजनिक भएको गायक रविन लामिछाने, पूर्णराज बेल्बासे र गायिका इन्दिरा गैरे “इन्दु”को आवाज रहेको “मन चरी” गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ । गीतमा पूर्णराज बेल्बासेको शब्द र सुक तामाङ “सागर”को संगीत रहेको छ । गीत गायिकाको आफ्नै अफिसियल युटुब च्यानल Indira Gaire बाट सार्बजनिक भएको छ।
गीत निकै मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा ब्यक्त गरेका छन । म्युजिक भिडियोमा मोडल बिमल अधिकारी, लोमश शर्मा र अस्मिता रणपालको सुन्दर नृत्य देख्न सकिन्छ । म्युजिक भिडियोलाई कजिश श्रेष्ठले निर्देशन गरेका छन् । गीतले धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्न सफल होस् सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना ।
गीतको पुरा भिडियो हेर्नुहोस् :