२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको गजेडी २ बकुलगाढ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाचौं वार्षिक साधारण सभा सम्पन्न

रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको गजेडी २ बकुलगाढ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाचौं वार्षिक साधारण सभा सम्पन्न

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको गजेडी २ बकुलगाढ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कञ्चन १ को पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीवार सस्थाको कार्यालयमा भएको कार्यक्रमको रुपन्देही क्षेत्र न.५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाले खानेपानी संस्थाले शुद्ध पानी उपभोक्ता समक्ष पुर्‍याउनका लागि लाग्नुपर्ने बताउनुभयो । खानेपानी संस्थाले निम्न जिवनस्तर भएका उपभोक्तालाई सहज र सरल तवरले वितरण गर्नका लागि समन्वयनकारी भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले खानेपानी संस्थाले शुद्ध पानी वितरणका लागि ट्यांकी सफा देखि लिएर उपभोक्ताको घरसम्मको जिम्मा लिए तबमात्र खानेपानी शुद्धताका लागि जनचेतनामुलक कार्यक्रममा ल्याउनका लागि आग्रह गर्नुभयो । उहाँले संघको तर्फबाट आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानेपानी डिभिजन कार्यालय योगीकुटी प्रमुख गुणनिधी पोख्रेल र कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले खानेपानी नागरिकको मौलिक अधिकार भित्र पर्ने भन्दै शुद्ध पानी वितरणमा लाग्नुपर्ने बताउनुभयो । संस्था का सह-सचीव सुख्खु मल्लाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष देविप्रसाद थारुले गत आर्थिक वर्षमा गरिएको कामहरुको प्रगतिप्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। संस्थाले गत आर्थिक वर्षमा खानेपानीको महसुल घरबाटै अनलाइन माध्यम ब्यवस्थापन, खानेपानीको शुल्क कम, अहिलेसम्म ११ सय धारा जडान छन भने ४६ हजार ३ सय ८८ किलोमिटर पाइपलाइन विस्तार सङ्गै उपभोक्ताहरुका लागि नागरिक वडापत्र तयार लगायतका विभिन्न कामहरु गरेको अध्यक्ष थारुले बताउनुभयो ।

यस्तै उहाले आगामी दिनमा सरकारी विद्यालयका लागि ५०% छुट दिने, अति विपन्न परिवारहरुका लागि निशुल्क धारा जडान गरिदिने लगायतका आगामी आर्थिक वर्षमा योजना गरेको उहाले बताउनुभयो । उपभोक्ताको उठेका गुनासोको कार्यलय प्रमुख रमा शर्माले प्रष्ट पार्नु भएको थियोे । कोषाध्यक्ष विष्णु शर्माले आर्थिक वर्ष ७८/७९ को आर्थिक बजेट प्रस्तुत गर्नुभएको थियो भने उपभोक्ता शंकर आचार्य ,बुद्धभुमी आधारभुत विद्यालयका प्रधानाध्यापक लिलाधर शर्मा लगातले शुभकामना मन्तव्य दिदै संस्था को सफलता को लागि शुभकामना दिनु भयो। देविप्रसाद थारुको अध्यक्षत्ता सचीव तुलसीराम शर्माको सञ्चालनमा सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार