२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ हेर्नुहोस नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४७४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५० जना र ११ देखि २० वर्षका १२६ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३८३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३३२ जना रहेका छन् । ४१ देखि ५० वर्षका २६३, ५१ देखि ६० वर्षका १८५ जना, ६१ देखि ७० का १४० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ६६ जना, ८० देखि माथिका २५ जना र उमेर नखुलेका ७ जना रहेका छन् । अहिले देशभर ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार