२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ

नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ

काठमाडौ । एएफसी महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।

बिहिबार मलेसियामा भएको ‘ड्र’ अनुसार नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ परेका छन् ।

समूह एफमा रहेको नेपालसँग फिलिपिन्स र हङकङ परेका हुन् । एसियन कपको छनोट नेपालमा आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।

एसियाका २८ देश प्रतियोगिताको ड्रमा समावेश थिए । चार समूहमा चार देश र बाँकी चार समूहमा तीन देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो ।

समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने तय भएको छ ।

साविक विजेता जापान, सन् २०१८ को उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीन सहित आयोजक भारत प्रतियोगितामा छनोट भईसकेका छन् ।

समूह एमा तीन पटकको च्याम्पियन चाईनिज ताईपे, बहराईन, तुर्किमिनिस्तान र लावस छन् । समूह बीमा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान छन् ।

समूह सीमा तीन पटकका विजेता उत्तर कोरिया, सिंगापुर, इराक र इन्डोनेशिया छन् । समूह डीमा म्यानमार, युएई, ग्वाम र लेबनान समावेश छन् ।

समूह ईमा सन् २००३ को उपविजेता दक्षिण कोरिया, उज्वेकिस्तान र मंगोलिया तथा समूह एफमा फिलिपिन्स, हङकङ र नेपाल समावेश छन् ।

यस्तै, सन् २०१८ को आयोजक जोर्डन, इरुान र बंगलादेश समूह जीमा तथा समूह एचमा सन् १९८३ को विजेता थाईल्याण्ड, प्यालेस्टाईन र मलेसिया परेका छन् ।

May be an image of text that says 'AFC WOMEN'S ÛANCUP INDIA 2022 GROUP A QUALIFIERS GROUP B CHINESE TAIPEI BAHRAIN TURKMENISTAN LAOS GROUP c * VIETNAM TAJIKISTAN MALDIVES DPR KOREA SINGAPORE IRAQ AFGHANISTAN GROUP D INDONESIA GROUP E MYANMAR UAE GROUP F KOREA REP. GUAM LEBANON UZBEKISTAN MONGOLIA 路 PHILIPPINES HONG KONG NEPAL GROUP G GROUP Î JORDAN IRAN BANGLADESH THAILAND PALESTINE MALAYSIA SASIAN CUP WOMEN'S ASIAN CUP WOMEN'S'

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार