२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ देशभर यी ११ वटा जिल्लामा छन् कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

देशभर यी ११ वटा जिल्लामा छन् कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं । देशभर हाल ११ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । पाँच प्रदेशका ११ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को ३, बागमतीको ५, गण्डकीको १, लुम्बिनीको एक र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन् ।

प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै २० वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । यो सूचीमा धनुषा, बारा, सप्तरी, सिरहा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बागलुङ, गोरखा, स्याङजा, तनहुँ, पर्वत, दाङ, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला र कैलाली छन्

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार