२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप यति धेरै जनामा संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप यति धेरै जनामा संक्रमण

काठमाडौं, २७ पुस।  नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६  जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा पन्ध्र हजार ३३ वटा नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार दश हजार ६ सय ७८ जनामा गरिएको पीसीआर परीक्षणमा १९ सय ८१ जनामा र चार हजार तीन सय ८५ जनामा एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घन्टामा तीन सय १३ जना डिस्चार्ज भएका छन् । एकजनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार